कास्की प्रशासन प्रवेशमा विचौलियालाई रोक
पाेखरा | असार २४, २०८०
पोखराः जिल्ला प्रशासन कार्यालय कास्कीले नागरिकताको प्रमाणपत्र, राहदानी र राष्ट्रिय परिचय पत्र बनाउन विचौलियाले सेवाग्राहीबाट शुल्क लिएको गुनासो आएको भन्दै विचौलियालाई रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले प्रशासनमा सेवाग्राहीको चाप फाईदा उठाउँदै सेवाग्राहीबाट विभिन्न बाहनामा शुल्क लिएको भन्दै गुनासो आएकाले प्रशासनले सूचना प्रकाशित गरेको जानकारी दिए ।
‘प्रशासनमा केहीदिन यता नागरिकताको प्रमाणपत्र, राहदानी र राष्ट्रिय परिचय पत्र बनाउने सेवाग्राहीको चाप बढेको छ’, ढकालले भने, ‘प्रशासनान सेवाग्राहीको चापको फाईदा उठाउँदै विचौलियाले विभिन्न बाहानामा सेवाग्राहीबाट शुल्क लिएको गुनासो आएकाले विचौलियालाई प्रशासनमा रोक्न सूचना प्रकाशित गरेका हौं ।’
प्रशासनले कार्यालयमा सेवा लिन आउँदा सेवाग्राहीलाई गलत ढंगले काममा सहजीकरण गरिदिने भन्दै शुल्क मागमा प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारीको सम्पर्क मोबाइल नम्बरमा खवर गर्न आग्रह समेत गरेको छ ।
पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...

